Sujang

बझाङमा बसको ठक्करबाट बालकको मृत्यु

बझाङ -बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । बसको ठक्करबाट सुर्मा गाउँपालिका – ३ का धनबहादुर बोहराको छोरा सरगम बोहराको मृत्यु भएको हो ।

सदरमुकाम प्रवेश गर्ने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सु प प्र ०२–००१ ख १११९ नम्बरको बसले शनिबार ठक्कर दिएको थियो ।

बसको ठक्करबाट सख्त घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुरचौडी नगरपालिका ५, का गणेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.