Sujang

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा साढे ७ सय राँगा र बोकाको बलि

Ban

बैतडीः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको जात्रा सम्पन्न भएको छ।

Krishi

जिल्लाको देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरकामा राँगा तथा बोकाको बलिसहित जात्रा सम्पन्न भएको छ। मंगलबार देखि सुरु भएको जात्रा चैतेदशैंका दिन बुधबार राँगा र बोकाको बलिसहित समापन भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ।

जात्रामा २ सय ५० राँगा र ५ सय बोकाको बलि दिइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए। सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका दिन पशुबलि दिने चलन रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गर्दछ। दशैंको बेला महाष्टमीका दिन,चैतेदशैं,अनन्त चतुर्दशी र धान्य पूर्णिमाको दिनमा पनि मन्दिरमा जात्रा लाग्ने गर्दछ।

निङ्गलाशैनी भगवती मन्दिरको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.