

गणेश मौनी ,डोटी:डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारामा तिन दिने बन व्यवस्थापन तालिम मङ्गलवार सम्पन्न भएको छ ।
यूनाइटेड मिसन टु नेपाल सँगको साझेदारीमा ग्रामीण समुदाय विकास केन्द्रद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना अन्तरगत तालिमको आयोजना गरिएको थियो ।
तालिममा बनको संरक्षण, सम्बद्ध तथा सदुपयोग, वृक्षारोपण, बन डढेलो व्यवस्थापन तथा अग्नि नियन्त्रण, चरिचरण व्यवस्थापन, पानीका श्रोत संरक्षण, प्राकृतिक श्रोतको नियोजित रूपमा बाडफाड, लगायतका विभिन्न विषय बस्तुहरूमा छलफल गरिएको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करन बहादुर विष्टले बताए ।
तालिम अवधिको २ दिनमा विभिन्न विषय बस्तुमा छलफल गरिएको थियो भने एक दिन सामुदायिक बनमा अवलोकन गरिएको समेत इन्जिनियर विष्टले बताए
बनको उचित व्यवस्थापन र संरक्षण गर्न पदाधिकारीहरूको प्रमुख दायित्व रहेको ग्रामीण समुदाय विकास केन्द्रद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना कार्यक्रम संयोजक सुजन कुमार खत्रीकोले बताए । संयोजक खत्रीले तालिममा सिकेका कुरा व्यवहारमा कार्यान्वयन गर्नुपर्ने समेत बताएका थिए ।
तालिममा झाडी सफाइ, एक्लाउने, पत्लाउने, वृक्षारोपण गर्दा अपनाउनु पर्ने नयाँ विषय बस्तुको बारेमा जानकारी भएको तालिमका सहभागीहरूले जनाएका छन् ।
तिन दिन सम्म सञ्चालन भएको तालिमको सहजीकरण सहजकर्ता जगदिस प्रसाद भट्टले गरेका थिए । भने तालिममा गाउँपालिका अन्तरगत ३ वटा वडाका ८ वटा सामुदायिक वनका १५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
