Sujang

डोटीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

Ban

डोटी:डोटीमा पत्रकारहरूका लागि गरिएको एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न छ ।

सोमबार नेपाल नेत्र ज्योति सङ्घ र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा डोटीको संयुक्त आयोजनामा गेटा आँखा उपचार केन्द्र सिलगढीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको हो ।

Krishi

नेपाल पत्रकार महासङ्घको ६८ ओैं स्थापना दिवस र नेपाल नेत्र ज्योति सङ्घको ४५ ओैं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको समन्वय र गेटा आँखा अस्पताल गेटा कैलालीको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको पत्रकार महासङ्घ डोटीका अध्यक्ष मोहन शाहीले बताए ।

नेत्र मानिसको महत्त्वपूर्ण अङ्ग भएकाले दुर्गम क्षेत्रका व्यक्तिहरूका लागि पनि शिविर सञ्चालन गर्न आवश्यक रहेकोे जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए।

जिल्ला कृयाशिल पत्रकारहरुले शिविरमा आखा जाच गरेको नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष मोहन शाहीले बताए।

तीन दर्जन जति पत्रकारहरुले नि:शुल्क अाँखा चेकजाँच गरेको संयय पाठकले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.