Sujang

`कविसंग विद्यार्थी´

Ban

धनगढी:धनगढीकाे राईजिङ स्टार  बाेर्डिङ स्कुलले कविसँग विद्यार्थी अन्तर्क्रियात्मक कार्यक्रम गरेको छ ।
मदन पुरस्कार विजेता डा. नवराज लम्साललाइ स्कुलमै वोलायर सोमवार एक कार्यक्रमको आयोजना गरि कविसँग विद्यार्थी कार्यक्रम गरेकाे हो ।

Krishi

कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय डिल्लीराज पन्तको उपस्थितिमा डा. लम्साल र विद्यार्थीहरू बिच नेपाली साहित्य , नेपाली कविता र डेउडा विषयमा  राेचक अन्तक्रियात्मक  कार्यक्रम भएकाे राइजिङ स्टार वोर्डिङ स्कुलका निर्देशक कलेन्द्र शाहिले वताए ।

कार्यक्रममा स्कुलले कवि डा. नवराज लम्साललाई  सम्मानित गरिएकाे थियाे। नेपाली साहित्य, विद्यार्थी , शिक्षक ,अभिभावक तथा समाजका लागि ऐनाकाे रुपमा अहमभुमिका खेलिरहेको नेपाली साहित्यमा कलम चलाउने कवि डा. नवराज लम्साललाई सम्मान गर्न पाउँदा हर्षित भएकाे राईजिङ स्टार बाेर्डिङ स्कुलका संस्थापक तथा प्रबन्ध निर्देशक कलेन्द्र शाहीले वताए ।

पछिल्लो समय देशका विभिन्न जिल्लाका विद्यालयले वोलाउने गरेको र भ्याए सम्म समय दिने गरेको कवि डा. नवराज लम्सालले वताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.