Sujang

खुटिया दिपायल फास्ट ट्रयाक र खप्तडको बिकास प्रमुख प्राथमीकता: मुख्यमन्त्री शाह

Ban

डोटी :सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले खुटिया दिपायल फास्ट ट्रयाक, बोगटान सडक र खप्तड क्षेत्रको बिकास गर्नु आफ्नो प्रमुख प्राथमीकताको क्षेत्र रहेको बताएका छन् ।
नेपाली कांग्रेस डोटीले दिपायलमा आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा भेटघाट कार्यक्रमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

सम्बोधनकै क्रममा मुख्यमन्त्री शाहले भने हाम्रो प्रमुख प्राथमीकता भनेको खुटिया दिपायल फास्ट ट्रयाक, बोगटान सडक र खप्तड क्षेत्रको बिकास गर्नुहो यसका साथै प्रदेश सरकारका गौरबका योजनालाई समेत प्राथमीकता दिने बताए ।

Krishi

आफु जनताको काम गर्न मुख्यमन्त्री पदमा नियुक्त भएकोले प्रदेश सरकार स्थानिय सरकारसंग सहकार्य गरि एकद्धार प्रणाली मार्फत स्रोत साधनको पूर्ण सदुपयोग गरि जनताको शिर निहुराउन नदिने समेत मुख्यमन्त्री शाहले बताए ।

मुख्यमन्त्री शाहले सोमबार शिखर नगरपालिका वडा नम्बर ११ मा रहेको नदि कटान क्षेत्रको अवलोकन समेत गरेका थिए । मुख्य मन्त्री शाह संगै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार मन्त्री प्रकाश बहादुर देउवा पनि पहाडी जिल्लाको भ्रमणमा क्रममा डोटी पुगेका हुन् । नेपाली कांग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले जिल्लाको समग्र विषय बस्तुका बारेमा मुख्य मन्त्री शाह र भौतिक मन्त्री देउवालाई जानकारी गराएका थिए ।                                                                 मुख्यमन्त्री शाह सोमबार गृह जिल्ला अछाम गएका छन् ।

मुख्यमन्त्री शाहको मंगलबार देखि जिल्लाका विभिन्न स्थानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.