Sujang

‘सरकारले केही दिनमै पूर्णता पाउँछ’

धनगढी ,चैत्र,१२ -जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही दिनमै सरकारले पूर्णता पाउने वताएका छन् ।

आईवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारलाई पूर्णता दिन सत्ता गठबन्धन दलहरु बिच छलफल भईरहेको बताएका हुन् ।

संचारकर्मीको जिज्ञासमा अध्यक्ष यादवले पार्टी भित्रबाट वारामा उपनिर्वाचन लड्नु पर्यो भनेर सल्लाहरसुझाव आएको भएपनि अहिल्यै उपनिर्वाचनमा उम्मेद्वार हुनेरनहुने बारे आफू निर्णयमा पुगि नसकेको बताए।

उनले जसपा र नेकपा एकीकृत समाजवादी विच एकताका लागि छलफल अघि बढी रहेको उल्लेख गर्दै कारागारमा रहेका रेशम चौधरी चाडै छुट्ने विश्वास ब्यक्त गरे ।

Salmuni
Leave A Reply

Your email address will not be published.