Sujang

स्थानीय सञ्चारमाध्यम प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधिको मस्यौदा तयार 

डोटी  -नेपाल पत्रकार महासंघ डोटी शाखाको नेतृत्वमा स्थानीय सञ्चारमाध्यम प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ को मस्यौदा तयारी गरिएको छ।

विभिन्न चरणमा भएको सर्वपक्षीय छलफल पछि डोटी स्थित सञ्चारमाध्यमहरूको प्रवर्द्धन गर्ने उद्देश्यसाथ डोटीका ९ वटै स्थानीय तहहरूका लागि स्थानीय सञ्चारमाध्यम प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ को मस्यौदा बनाइएको हो ।


कार्यविधि लागू भए पछि डोटीका सञ्चारमाध्यमहरूको सङ्ख्यात्मक र गुणात्मक सुधार भई व्यावसायिक पत्रकारितामा बल पुग्ने नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए । चाँडै नै कार्यविधि स्थानीय तह समक्ष पुगेर कार्यान्वयन हुने विश्वास छ।

अध्यक्ष शाहीले भने,‘कार्यविधि लागू भए पछि जिल्लामा नियमित सञ्चालनमा रहेका सञ्चारमाध्यमहरूले समतामूलक रूपमा सूचना विज्ञापन तथा सन्देशहरू प्राप्त गरी स्थानीय सञ्चारमाध्यमले हाल भोग्दै आएको आर्थिक सङ्कटमा राहत प्राप्त पुग्ने छ।’

पालिकाहरूमा मिडियामैत्री वातावरण सृजनाका लागि संस्थागत प्रणालीको विकास हुनुका साथै अनाधिकृतरूपमा मिडियाका लागि विनियोजित बजेटको अधिंकास रकम जिल्ला बाहिरका मिडियालाई भुक्तानी दिइँदै आएको प्रवृत्तिको पूर्ण निषेध हुनेछ अध्यक्ष शाहीले भने ।

उनले थपे ,‘असार मसान्तमा कामै नगरी अनधिकृत रूपमा भुक्तानी माग दाबी गर्ने गलत प्रवृत्तिको पूर्णतया निषेध भई कामका आधारमा भुक्तानी पाउने प्रवृत्तिको विकास हुनेछ । व्यक्तिगत सम्बन्ध, चाकडी , राजनैतिक आस्थाका आधारमा मिडियामाथि हुने विभेदको अन्त्य हुनेछ ।’

कार्यविधि बनाउन सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष शाहीले धन्यवाद दिए।

स्थानीय सञ्चारमाध्यम प्रवर्द्धन गर्ने उद्देश्यले बनाएको कार्यविधिले जिल्लामा संचालमा रहेका सञ्चारमाध्यमहरूलाई टेवा पुग्ने नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेशका उपाध्यक्ष योगेन्द्र बलायरले बताए । कार्यविधि अन्य जिल्लामा पनि लागू गर्न आवश्यक देखिएको बलायर बताए ।

स्थानीय सञ्चारमाध्यम प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ को मस्यौदाले जिल्लामा रहेका मिडिया हाउसलाई ठुलो सहयोग पुग्ने प्रेस सेन्टर नेपालका सुदूर पश्चिम प्रदेशका महासचिव कर्ण चन्दले बताए ।

 

जिल्लामा सञ्चालनमा रहेका मिडिया हाउसले भोग्दै आएको समस्यालाई कार्यविधि लागू भए पछि ठुलो राहत पुग्ने नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । आमसञ्चार माध्यमहरूलाई व्यवस्थित र व्यवसायी बनाउन कार्यविधिले सहयोग गर्ने बमले बताए ।

जिल्लामा सञ्चालनमा रहेका रेडियो, एफएम, अनलाइन र पत्र पत्रिकालाई नियमित सञ्चालनमा ल्याउनका लागि कार्यविधिले राहत पुग्ने विम्ब साप्ताहिकका सम्पादक रामहरि ओझाले बताए ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.