Sujang

खप्तडमा ‘हेली टुर’ सञ्चालन

Ban

डोटीः सुदूरपश्चिम प्रदेशको प्रसिद्घ धार्मिक तथा पर्यटकीयस्थल खप्तड घुम्न चाहाने पर्यटकका लागि हेलि टुर सुर गरिइएको छ।

Krishi

समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गरिएको हो। समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ। डोटीको पूर्बिचौकी गाउँपालिकामा रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा खप्तड एडभेन्चर हेली टुर सुरु भएको हो।

शुक्रबार देखि सुरु भएको खप्तड एडभेन्चर हेली टुर चैत १२ गतेसम्म सञ्चालन गरीने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए। धार्मिक तथा पर्यटकीयस्थल खप्तडको अवलोकन तथा प्रचाप्रसारका लागि ‘हेली टुर’ सुरु गरिएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले बताए।

डोटीको झिग्रानाबाट खप्तडमा घुमफिरमा जाने यात्रुहरुलाई प्रतिव्यक्ति १० हजारसम्म शुल्क तोकिएको खड्काले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.