धनगढी -धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आजबाट सुरु भएको छ ।
भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमाञ्चल साहित्य समाजले विश्व नेपाली नारी साहित्य महोत्सवको आयोजना गरेको हो । एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महोत्सवको उद्घाटन गरे ।
महोत्सवमा नेपालसहित भारत, भुटान, अमेरिया लगायतबाट नेपाली भाषी साहित्यकारहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
साहित्य महोत्सव चार दिनसम्म चल्नेछ ।