गणेश मौनी ,डोटी: चैत्र ५ गते हुन गईरहेको स्वतन्त्र विद्यार्थि युनियनको चिर्वाचनमा डोटी जिल्लामा रहेका सबै क्याम्पसहरुमा नेपाल बिद्यार्थि संघको जित सुनिश्चीत रहेको नेपाल बिद्यार्थि संघ डोटीका अध्यक्ष दिपेन्द्र सिहले बताएका छन् ।
तुलनात्मक रुपमा डोटीका सबै क्याम्पसहरुमा नेपाल बिद्यार्थि संघको बलीयो उपस्थिती ,संगठन र बिद्यार्थिहरु संगठन प्रति बफादार छन त्यसैले जित सुनिश्चीत छ । निर्वाचनलाई पर्खेर बसेका अध्यक्ष सिहले बताए ।
उनले भने,´ हामी संग जित्ने धेरै आधार छन् पहिलो आधार भनेको निर्वाचनको लागि उमेद्वार बनेका हरु नियमीत रुपमा क्याम्पसमा अध्ययनरत बिद्यार्थिहरु हुन। समाबेशी तरिकाले उमेद्वार बनेका छन्।सबै उमेद्वारहरु बिद्यार्थिको हक हित र क्याम्पसको उन्नतीको लागि अग्रसर भित्र पर्छन्, मुल पार्टिले पनि पूर्ण सहयोग गरेकोछ, बिद्यार्थि संख्या बहुमत छन् त्यस कारणले अब नेबिसंघको जितलाई कसैले रोक्न सक्ने छैनन् ।`
नेपाल बिद्यार्थि संघले अन्य संगठनका जस्ता गर्न नसकीने असम्भव प्रतिबद्धताहरु नराखी बिद्यार्थिको हकहित, शैक्षिक गुणस्तर अभिबृद्धी, क्याम्पसको सर्बपक्षीय बिकासलाई मात्र ध्यानमा राखेर प्रतिबद्धता जारि गरेको समेत अध्यक्ष सिंहले बताए ।