Sujang

शसस्त्र प्रहरीद्धारा आगलागि सम्बन्धी कृतिम घटना अभ्यास

गणेश मौनी, दिपायल :डोटीमा शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीले सिलिन्डर ग्यासमा आगलागि नियन्त्रण र सुरक्षा सम्बन्धी सचेतनामुलक नमुनाको रुपमा कृतिम घटना अभ्यास गरेको छ ।
डोटीको मुख्य ब्यापारिक केन्द्रको रुपमा रहेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पीपल्ला बजारमा बिहीबार ग्यासमा आगलागि नियन्त्रण र सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास गरेको हो ।
पछील्लो समयमा विभिन्न कारणले आगलागीका घटनाहरु बढीरहेकोले त्यस्ता घटनाहरु बढ्न नपाउन, त्यस्ता घटनाहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले आगलागि सम्बन्धी नमुनाको रुपमा कृतिम घटना अभ्यास गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका प्रमुख प्रहरी उपरिक्षक राजु गौतमले बताए ।
उनले भने सिलीन्डर ग्यासका कारणले हुने आगलागि जन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ ग्यासमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आम सर्बसाधारण नागरिकहरुलाई जानकारी गराउन सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताए।

सिलिन्डर ग्यासमा आगलागी हुदाँ भयानक घटनाहरु हुने भएकाले यसबाट कसरी सुरक्षित रहन सकिन्छ यस्ता उपायहरुको बारेमा आम नागरिकलाई जानकारी हुन आवश्यक रहेको समेत प्रहरी उपरिक्षक गौतमले बताए।
कृतीम घटना अभ्यासमा सिलीन्डर ग्यासमा आगलागि भएपछीको अवस्था र आगलागि पश्चात आगो नियन्त्रणका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको बारेमा अभ्यास गरि जानकारी गराईएको थियो । प्रक्रीया अनुसार सुरुवात देखि अन्तिम सम्म गरिएका विभिन्न चरणहरु हेर्दा साच्चीकै सिलीन्डर ग्यासमा आगलागि भए जस्तो आभाष भएको कृतिम घटना अभ्यासमा सहभागि स्थानिय ब्यापारी तेज डुम्रेलले बताए ।

शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले डोटीमा समय समयमा प्राकृतिक प्रकोप जन्य कार्य आगलागि, भूकम्प, बाढीपहीरोबाट सुरक्षित रहन सचेतनाका लागि कृतिम घटना अभ्यास गर्दै आईरहेको छ । पिपल्ला बजारमा गरिएको कृतिम घटना अभ्यासमा स्थानीय, ब्यापारीहरुको बाक्लो सहभागिता रहेको थियो ।

डोटीमा फागुन २७ गते पिपल्ला बजारमा रहेको मनकामना होटलमा चाउमिन पकाउने क्रममा ग्यास लिंक भएर आगलागि भएको थियो । आगलागिका कारण होटलसंगै जोडिएको गितान्जली सुनचाँदी पसल र होटलले लाखौको क्षती ब्यहोरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.