Sujang

तेल्पारा कप्तडी झोलुङ्गे पुलको उद्घाटन

डोटी :ठुलीगाण माथी निमार्ण गरिएको डोटी र कैलाली जोड्ने तेल्पारा कप्तडी झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ र कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ जोड्ने झोलुङ्गे पुलको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
ठुलीगाण माथी झोलुङ्गे पुल निमार्ण हुदाँ कैलाली र डोटीको क्षेत्र जोडिन सहज हुनुका साथै आम नागरिकलाई आवत जावतमा सहज हुने अध्यक्ष ओझाले बताए । उनले भने बर्षाको समयमा ठुलीगाणबाट आवात जावत गर्न सकिदैन, नजिकमा पुल छैनन् अब सबैलाई सहज हुने बताए ।
डोटी र कैलाली जोड्ने ठुलीगाण माथी निमार्ण गरिएको झोलुङ्गे पुलले डोटीको जोरायल गाउँपालिका र कैलालीको चुरे गाउँपालिकाका हजारौ स्थानियलाई आवत जावतमा सहज हुनुका साथै आपसी सम्बन्ध बढ्ने त्रिशुल डाडा आधारभूत बिद्यालयका शिक्षक नबराज भट्टले बताए ।
समुदाय, गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम टि.बी.एस. यू.को आर्थिक सहयोग तथा केदार ग्रामीण बिकास समाज नेपालको प्राबिधिक सहयोगमा निमार्ण गरिएको झोलुङ्गे पुलको कुल ४१ लाख १५ हजार ८ सय ४३ रहेको पुल निमार्ण उपभोक्ता समितिका अध्यक्ष लाल बहादुर साउदँले बताए ।
पुल उद्घाटन कार्यक्रममा दुबै स्थानीय तहका जनप्रतिनिधी, उपभोक्ता, स्थानीयबासी समाजसेवी बुद्धीजिबी सबैको सहभागिता रहेको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.