Sujang

बाहिनीपति ट्रफि प्रतियोगिताको खेल दुई गण बिच बराबरीमा सकियो

गणेश मौनी, दिपायल :डोटीको खप्तड रंगशाला राजपुरमा जारी बाहिनीपति ट्रफि फुटबल प्रतियोगिता २०७९ अन्तर्गत भैरब प्रसाद गण डोटी र देवी दल गण कैलाली बिच भएको खेल बराबरीमा सकिएको छ।

भैरब प्रसाद गण र देवी दल गण बिच मंगलबार भएको खेलमा दुबै टिमले समान २–२ गोल गरे पछि बराबरिमा सकिएको हो ।

खेलको सुरुवातमा देबीदल गण कैलालीले १ गोल गर्दै अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा भैरव प्रसाद गणको तर्फबाट गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले–१ गोल र गोल रक्षक सिपाही नविन परियारले–१ गोल गरेका थिए भने देवीदल गणको तर्फबाट प्युठ तिर्थ कुमार चौधरीले २ गोल गरेका थिए ।

पहिलो हाफमा १ गोलले पछाडी परेको भैरव प्रसाद गण दोश्रो हाफमा गणपति प्रमुख सेनानी कार्की मैदानमा उत्रिएसंगै लयमा फर्किएको थियो । खेलको शुरुवात मै देवीदल गणले १ गोल गर्न सफल भएतापनि ८० औं मिनेटमा भैरव प्रसाद गणको तर्फबाट पेनाल्टी मार्फत गणपति कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए ।

त्यसै गरी खेलको ८३ औं मिनेटमा गोल रक्षक सिपाही नविन परियारले लामो फ्रि किक मार्फत १ गोल गर्दै भैरव प्रसाद गण २–१ ले अग्रता दिलाउनु भएको थियो। अतिरिक्त समयमा श्री देवीदल गणका प्युठ तिर्थ कुमार चौधरीले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए लिग चरणको दोस्रो खेल बराबरी खेल्दै दुवै टीमले १÷१ अङ्क बाडेसंगै खेल बराबरीमा सकिएको थियो ।

आज लिंग चरणको अन्तिम खेल भवानी बक्स गण अछाम र देबीदल गण कैलाली बिच हुने भैरब प्रसाद गणले जनाएको छ । खेल साझँ ३ बजे देखि सुरु हुने जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.