Sujang

डोटीको बोगटान फुड्सिल गाउँपालिका साक्षर पालिका घोषणा

Ban

गणेश मौनी,डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ ।

पालिकाका भित्र रहेका सात वटा वडालाई साक्षर घोषणा गरिएसँगै मङ्गलवार एक कार्यक्रमका बिच पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।

Krishi

मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले पालिकालाई साक्षर घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका समन्वय प्रमुख सिंहले यसलाई दिगो ब्यवस्थापन तर्फ पालिकाले विशेष ध्यान दिनु पर्ने बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए।

गाउँपालिका अन्तरगत वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदारअखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७.२ प्रतिशत साक्षर दर रहेको छ । त्यसै गरी वडा नम्बर ५ धिकांमाण्डौको ९६.८, वडा नम्बर ६ गगुडाको ९७.४ ५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको पालिकाले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.