Sujang

साहित्यले समाजलाई परिवर्तन गर्न महत्वपुर्ण भुमिका खेलेको छ-मन्त्री रावल

भदौ,२७, कैलाली -सुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले साहित्यले समाजलाई परिवर्तन गर्न महत्वपुर्ण भुमिका खेलेको वताएका छन् ।

सोमबार टीकापुरमा भएको नर–राजु मोबारा प्राज्ञिक पुरस्कार बितरण तथा श्रष्ठा सम्मान कार्यक्रमलाई वोल्दै उनले यस्तो वताएका हुन् ।

साहित्यले समाजमा भएका राम्रा नराम्रा कामलाई ऐना झै छर्लङ्ग बाहिर ल्याउने भएकाले यसले समाज विकासमा पनि टेवा पुगाउने गरेको वताए । उनले भने, ‘ जसरी विज्ञानले नयाँ नयाँ कुराको आविस्कार गर्छ । साहित्यले पनि त्यसैगरी लेख रचना मार्फत नयाँ नयाँ स्वाद दिने भएकाले यो पनि एउटा आविस्कार पनि हो।’

टीकापुर प्राज्ञिक समाजले प्रदान गर्दै आएको १० हजार १०१ रुपैया राशीको यसवर्षको नर–राजु मोबारा पुरस्कार बाग्लुङ गल्कोटका आख्यानकार इन्द्रबहादुर भण्डारी (इन्द्रेणी) लाई प्रदान गरीएको छ ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.