Sujang

सामुदायीक प्रहरीद्धारा सचेतना मुलक कार्यक्रम

गणेश मौनी ,डोटी :सामुदायीक प्रहरी सेवा केन्द्र डोटीले केआई सिंह गाउँपालिका वडा नम्बर ५ रानागाउँमा आईतबार सचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल प्रहरीले जिल्ला ब्यापी रुपमा संचालन गरिरहेको सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा रहेको सरस्वती माध्यामीक बिद्यालयमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल प्रहरीले समय समयमा विभिन्न कार्यक्रम तथा अभियानहरु मार्फत लैंगिक हिंसा न्यूनिकरण,छाउपडी प्रथाको अन्य, बालबिबाहकोे अन्य, अपराधीक गतिविधीको अन्य गरी शान्त समाज निमार्णमा अह्म भुमिका निबार्ह गरेको केआई सिंह गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा सिंह रावलले बताए ।
समुदायमा हुने अपराधीक गतिविधीलाई न्य ूनिकरणगर्न सहयोग पुगोस भन्ने हेतुले सामुदायीक प्रहरी जनताको घरदैलोमा गएर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको सामुदायीक प्रहरी सेवा केन्द्रका प्रहरी सहायक निरिक्षक राम नाथले बताए ।
उनले भने समाजमा हुने गरेका लैंगिक हिंसा, घरेलुहिंसा, सामाजिक बिकृति विसंगतिको अन्त्य गरि समुदाय संगको साझेदारीमा सभ्य समाज निमार्ण गर्ने उद्देश्यका साथ प्रहरीले विभिन्न समयमा विभिन्न अभियानहरु संचालनमा ल्याउने गरेको बताए ।
अभियान जिल्ला भरि निरन्तर रुपमा जारी रहनेछ । अभियान मार्फत आफुहरुले महिला हिंसा, बाल बिबाह, लैंगीक हिसां, छाउपडी प्रथा, लागुपदार्थ दुव्र्यसनी, साईबर क्राईम लगाएतका विषय बस्तुको बारेमा जनचेतना जगाउदै आईरहेको समेत प्रहरी सहायक निरिक्षक नाथले बताए ।
कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनीधी, अभिभावक, शिक्षक, बिद्यार्थि, लगाएको सहभागिता रहेको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.