Sujang

दिपायलको मनकामना होटलमा भएको आगलागी नियन्त्रणमा

Ban

दिपायल -डोटीको एक होटलमा आगलागी भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका – ४ पिपल्ला बजारमा रहेको मनकामना होटलमा आगलागी भएको हो ।

आगलागीबाट होटलको काउन्टर, भान्सामा क्षति पुगेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले बताए ।

६:३० बजे लागेको आगो ७ : १० बजे नियन्त्रणमा आएको थियो । स्थानीय एवं प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । भान्सामा खाना पकाउँदै गर्दा आगो लागेको स्थानीयले बताए।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी नायव निरीक्षक थापाले बताए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.