

गणेश मौनी,डोटी :कृषि ज्ञान केन्द्र डोटीले कृषकहरुलाई बारीमै पुगेर पुराना सुन्तलाको बगैचा ब्यवस्थापन तथा पुनस्थापन सम्बन्धी प्रयोगात्मक तालिम दिएको छ ।

ज्ञान केन्द्रले डोटीका तिन वटा पालिका बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र के आईसिंह गाउँपालिकाका कृषकहरुलाई बारीमै पुगेर सुन्तलाको बगैचा ब्यवस्थापन सम्बन्धी तालिम दिएको हो ।
कृषकहरुले फलफुल लगाउनु मात्र नभइ त्यसको संरक्षण र उत्पादन बढाउनु अझ बढी महत्वपूर्ण कार्य भएकोले कृषकहरुलाई ब्यवस्थापन सम्बन्धी प्रयोगात्मक तालिम दिईनुका साथै सामाग्रीहरु पनि सहयोग गरिएको कृर्षी ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने कृषकहरुको बारीमै गएर प्रयोगात्मक रुपमा जानकारी गराउदाँ उनिहरु बढी उत्साहीत देखिए ।

कृषकहरुलाई बारीमै गएर प्रयोगात्मक सिपको बारेमा जानकारी गराउदाँ कृषकहरुलाई नयाँ बिषय बस्तुको बारेमा जानकारी हुनुका साथै सुन्तलाको उत्पादन बृद्धी र गुणस्तरमा समेत बृद्धी हुने प्रमुख पनेरुले बताए ।
ज्ञानकेन्द्रले कृषकहरुलाई बारीमै गएर प्रयोगात्मक रुपमा बगैचा ब्यवस्थापन सम्बन्धी जानकारी गराउदाँ कृषकहरुलाई नयाँ कुराहरुको बारेमा जानकारी भएको जोरायल गाउँपालिका वडा नम्बर ६ का कृषक राम बहादुर बोहराले बताए । उनले भने हामीलाई ज्ञानकेन्द्रले जिल्ला अथवा कुनै ठाउँमा बोलायर तालिम दिएको भए धेरै कुरा जानकारी हुने थिएन्, हामीहरुलाई जानकारी गराएका कुराहरु हामी ब्यवहारमा कमै लागु गर्छौ तर यसरी हाम्रै बारीमा आएर जानकारी गराउदा हामीले आफै सहज रुपमा गर्न सकिने काम रहेछ जस्तो लागेको धेरै कुराहरुको बारेमा जानकारी भएको बताए ।
तालिममा सहभागि अधिकांश कृषकहरुले बगैचा ब्यवस्थापन सम्बन्धी प्राबिधीक ज्ञानको बारेमा जानकारी भएकोले आगामी दिनमा आफै ब्यवस्थापन तिर ध्यान दिने समेत बताएका थिए ।
कृषकहरुलाई बोटविरुवाको, काटछाट, सुक्ष्म खाद्य तत्वको प्रयोग, रोग किराले आक्रममण बाट बचाउन बोडीक्स फिक्चर र पेस्ट को प्रयोग, गोडमेल, सिचाई लगाएतका ब्यवस्थापकीय सिपहरुको बारेमा जानकारी गराईएको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ ।
ज्ञान केन्द्रले बडीकेदार गाउँपालिका वडा नम्बर १ मुडा, रजेडा, जोरायल गाउँपालिका वडा नम्बर ६ गुनड र केआई सिह गाँउपालिका वडा नम्बर ४ कार्किबगरमा रहेका ३ वटा कृषक समुहहरुलाई तालिम दिनुका साथै आरा कैची स्पे्र, चुना, निलोतुथो लगाएका सामाग्रिहरु पनि सहयोग गरेको थियो ।
कार्यालयको आर्थिक बर्ष २०७९।८० को बार्षिक स्विकृत कार्यक्रम अनुसार कृषक समुहहरुलाई तालिम तथा सामाग्रि सहयोग गरिएको ज्ञान केन्द्रले जनाएको छ ।
