प्रकाश बम,डोटी, भदौ२६-डोटी जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै गएको छ । बिगत चार बर्षको तथ्याङ्क हेर्दा पछिल्लो बर्ष जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको हो ।
आईतवार सिलगढीमा यौन तथा प्रजनन् स्वास्थ अधिकार र सुरक्षित गर्भपतन सेवाका पैरविका वारेमा पत्रकारहरु संग गरीएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीले तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक बर्ष २०७५÷०६६ मा सुरक्षित गर्भपतन गराउनेहरु एक अजार एक सय ४७ रहेका छन् । त्यसैगरी आर्थिक बर्ष २०७६÷०७७ मा एक हजार ३१, आर्थिक बर्ष २०७७÷०७८ मा एक हजार एक सय ११, र आर्थिक बर्ष २०७८÷०७९ मा नौ सय २६ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् ।
सुरक्षित गर्भपतन गराउने मध्य विष बर्षमुनिका आर्थिक बर्ष २०७५÷०६६ मा ७० जना, २०७६÷०७७ मा ४९ जना, २०७७÷०७८ मा ३५ जना र २०७८÷०७९ मा ४० जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।
परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख जोशिले बताए ।
उनले भने,’विगतका दुई वर्ष कोभिडका कारण रोजगारीका लागि विदेश गएकाहरु घर आएका कारण संख्या वढेको हो । अहिले सवै रोजगारी लागि विदेश गएका कारण र परिवार नियोजनको सेवा लिने बढ्नु साथै गोपनियतालाई मध्यनजर गर्दै कसैले मेडिकलबाट औषधि किनेर पनि गर्भपतन गराएका कारण सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्छन् ।’
उनले थपे,‘ जिल्लामा सत्ताईवटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । सवै सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेका छन् र्। सेवा बन्द रहेको तिखा स्वास्थ चौकिको संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल तथा तालिमका लागि स्वास्थकर्मिहरु पठाएका छौ।’
जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन उनले अनुरोध गरे ।
यौन तथा प्रजनन् स्वास्थ अधिकार र सुरक्षित गर्भपन सेवाका वारेमा जिल्लाका स्थानिय तहले स्वास्थ निति वनाउन ढिला गरेको आईपास नेपाल सुदुर पश्चिम काेडिनेटर उपेन्द्र कुँवले वताए । यौन तथा प्रजनन् स्वास्थका वारेमा खास्सै जानकारी नहुँदा जोखिम वढ्दै गईरहेको कुरामा उनले जोड दिए ।
सामुदायिक विकास मञ्च नेपालका फोकल प्रसन सिद्धराज जोशिले बालविवाह गर्दा, धेरै बच्चा जन्माउँदा, असुरक्षित गर्भपतन गर्दा, विभिन्न औषधी सेवन गर्दा प्रजनन स्वास्थ्यमा पर्ने असरका बारेमा समुदाय स्तरमा महिलाको चेतना अभिवृद्धि र क्षमता विकासमा जोड दिनुपर्ने वताए ।
यौन तथा प्रजनन् स्वास्थ अधिकार कार्यक्रमका कार्यक्रम अधिकृत मधु पोखरेल प्रजनन् स्वास्थ्यका बारेमा स्थानीय सरकारलाई बढी जबाफदेही बनाउने गरी सबै सरोकारवालाको साझा पहल हुनुपर्नेमा जाेड दिईन् । समुदाय स्तरमा यौन प्रजनन् स्वास्थ्यका बारेमा धेरै कार्यक्रम नहुनु र प्रजनन् स्वास्थ्यका बारेमा खुलेर विचार विमर्श पनि नहुँदा समस्या निम्तिएको उनले वताईन् ।
सामुदायिक विकास मञ्च नेपालको आयोजना तथा आईपास नेपालको सहकार्यमा यौन तथा प्रजनन् स्वास्थ अधिकार र सुरक्षित गर्भपन सेवाका वारेमा पत्रकारहरु संग अभिुमुखिकरण कार्यक्रमको आयोजना गरीएको हो ।