

डोटी -शिखर नगरपालिकाले ११३औं अन्तराष्ट्रिय महिला दिवस र होली पर्वको पूर्वसन्ध्यामा कार्यक्रमको आयोजना गरेको छ । महिला दिवसका सम्बन्धमा अन्तर्क्रिया र होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
जिल्लाका सबै स्थानिय तहमा रहेका उप—प्रमुख, उपाध्यक्ष तथा जिल्ला स्तरमा रहेका सम्पूूर्ण राजनीतिक दलमा आबद्ध रहेका महिला नेतृहरुको राजनीतिमा सहभागिता र पँहुुच सम्बन्धि जानकारी गराउनुका साथै होलि पर्वको पूूर्वसन्ध्यमा शुुभकामना आदानप्रदान गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुुमित्रा थापामगरले बताइन् ।
कार्यक्रममा अधिकार, संविधान, कानुन र न्यायका विषयमा कानुन व्यवसायी लवदेव भट्टद्वारा अभिमुखीकरण गरिएको थियो ।
नगर उप प्रमुुख सुुनिता रावल जोराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाली महिलाहरुको राजनितिमा पँहुुच, प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता र लैङ्गिक समानताको विद्यमान कानूनी व्यवस्था तथा हालको अवस्थाका विषयमा छलफल भएको थियो । महिलाा अधिकार ३३% भन्दा माथि उठेर महिलाहरुलाई नितिनिमार्ण तहसम्म पुु¥याउनुु सबैको योगदान रहने विषयमा चर्चा भएको उपप्रमुख रावलले बताइन् ।
महिला तथा बालबालिका शाखाको सहजिकरणमा संचालन भएको उक्त कार्यक्र्रममा नगर प्रमुुख दिर्घ बहादुर बलायर, प्रमुुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायतले शुुभकामना दिएका थिए ।
कार्यक्रममा सहभागि महिला नेतृ तथा अन्य सहभागीहरूलाई नगरपालिकाको लागो, स्टिकर टासिएको सल (दोसल्ला) तथा नगरमै उत्पादन गरीएको मालापोते सहित स्वागत तथा सम्मान गरिएको थियो ।
सहभागी वक्ताहरुले नगरपालिकाको प्रसंशा गर्दै यस कार्यक्रमबाट डोटी जिल्लाका सम्पुर्ण स्थानीत तहहरु विचमा सुमधुर सम्बन्ध स्थापित भई अन्य पालिकाहरुलाइ पनि सिकाइ भएको बताएका थिए । शिक्षा प्राविधिक सहायक रोजी सिहंले सञ्चालन गरेको उक्त कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुमित्रा थापामगरले स्वागत मन्तव्य राखेकी थिइन् ।
