Sujang

शसस्त्र प्रहरीद्धारा आगलागि नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास

Ban
Krishi

गणेश मौनी,डोटी:डोटीमा शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले सिलीन्डर ग्यासमा आगलागि नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृतिम घटना अभ्यास गरेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को सहकार्यमा शुक्रबार दिपायल राजपुर बजारमा सिलिन्डर ग्यासमा आगलागि नियन्त्रण र सुरक्षा सचेतनामुलक कार्यक्रमको कृतिम घटना अभ्यास गरिएको हो ।
खाना पकाउने ग्यास सिलिन्डरमा आगलागि भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागि सम्बन्धी नमुना अभ्यास गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका प्रहरी नायब उपरिक्षक देबेन्द्र बहादुर सिंहले बताए । उनले भने सिलीन्डर ग्यासका कारणले हुने आगलागि जन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ ग्यासमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउन सचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताए । विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भईरहेकाले यसबाट सुरक्षित रहने उपायहरुको बारेमा जानकारी हुन आवश्यक रहेको समेत प्रहरी नायब उपरिक्षक सिंहले बताए ।
कृतीम घटना अभ्यासमा सिलीन्डर ग्यासमा आगलागि भएपछीको अवस्था र आगलागि पश्चात गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको बारेमा अभ्यास गरिएको थियो । प्रक्रीया अनुसार सुरुवात देखि अन्तिम सम्म गरिएका विभिन्न चरणहरु हेर्दा साच्चीकै सिलीन्डर ग्यासमा आगलागि भए जस्तो आभाष भएको कृतिम घटना अभ्यासमा सहभागि स्थानियहरुले बताएका छन् ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले डोटीमा समय समयमा प्राकृतिक प्रकोप जन्य कार्य आगलागि, भूकम्प, बाढीपहीरोबाट सुरक्षित रहन सचेतनाका लागि कृतिम घटना अभ्यास गर्दै आईरहेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.