Sujang

‘देबेन्द्र खड्का स्मृति कप’ खुल्ला क्रिकेट प्रतियोगिता सुरु

Ban

धन बोहरा ,डोटी:डोटीमा दोस्रो देवेन्द्र खड्का स्मृति कप खुल्ला पुरुष क्रिकेट प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ ।
सिलगढी स्थित टुँडीखेलमा संचालन भएको प्रतियोगिताको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का बिजयले उद्घाटन गरेका हुन् ।
उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख खड्काले डोटीका सालिन ईमान्दार ब्यक्तिको रुपमा पहिचान बनाएका स्वर्गिय देबेन्द्र खड्काको सम्झनामा खेलकुद कार्यक्रमको आयोजना गर्दा खेलकुद प्रवद्र्धनमा सहयोग पुग्नुका साथै स्वर्गिय खड्कालाई अमर ब्यक्तिको रुपमा पहिचान बनाएको समेत बताए ।
स्वर्गीय खड्काको सम्झनामा देवकोटा युवा क्लब डोटीले प्रत्येक वर्ष खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ सोही अनुरुप यस वर्ष पछी खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११, द्धितिय पुरस्कार ५० हजार ५ सय ५५ सहित ट्रफि र प्रमाण पत्रको व्यवस्थाहुनुका साथै खेलमा उत्कृष्ठ टिमलाइ पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ । २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश वटा टिमको सहभागिता रहेको छ । खेल १२ ओभरमा खेलाइने छ । खड्काको कोरोना संक्रमणका कारण २०७८ जेठ २६ गते निधन भएको थियो ।
प्रतियोगिताको उद्घाटन सत्रमा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, प्रहरी प्रमुख राजेन्द्र धमला, जनप्रतिनिधी, राजनितिकदल, नागरिक समाज, खेलाडी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.