Sujang

डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टिको कार्यालय स्थापना

फागुन १७, डोटी :डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टिको पार्टि कार्यालय बुधबार स्थापना गरिएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा न ६ सिलगढीमा एक कार्यक्रमका बिच वृक्षारोपण गरी पार्टि कार्यालयको उद्घाटन गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टिका जेष्ठ सदस्य तथा भर्खरै सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा डोटी क्षेत्र नं. १ बाट स्वतन्त्र पदका उम्मेरवार समेत रहेका नरेन्द्र बहादुर खड्काले पार्टि कार्यालयको उद्घाटन गरिएको रास्वपाका जिल्ला संयोजक केशब बलायरले बताए ।

रवि लामीछाने तेतृत्वको रास्वपाको पार्टि विस्ताको क्रममा पार्टि बिधानको धारा ७८ बमोजिम रुख रोपौ, रुखा बचाऔ भन्ने सन्देशका साथ बृक्षारोपण सहति पार्टि कार्यालयको स्थापना गरिएको संयोजक बलायरले बताए ।

आगामी दिनमा पार्टिले जिल्लाका सबै स्थानिय तहहरुमा पालिका स्तरिय कमीटी गर्ने कार्यक्रम रहेको रास्वपाका जिल्ला उप संयोजक मिन बहादुर धामीले बताए ।

पार्टि कार्यालय उद्घाटन कार्यक्रममा जेष्ठ सदस्य नरेन्द्र खड्का, जिल्ला संयोजक केशब बलायर, जिल्ला उप संयोजक मिन बहादुर धामी, सदस्य कृष्ण बहादुर ऐर लगाएत पार्टिका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.