फागुन १७ गते, डोटीःडोटीमा क्रिकेट प्रतियोगिता हुने भएको छ । देवकोटा युवाक्लव सिलगढीको आयोजनामा दोस्रो देवेन्द्र स्मृति खुला क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
बुधवार पत्रकारहरूलाई जानकारी गराउँदै फागुन १९ गते देखि २५ गते सम्म सिलगढीमा रहेको टुँडिखेलमा खेल आयोजना गरिने आयोजकले जनाएको छ ।
क्रिकेटहरूलाई नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक धिरेन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको लागि अहिले सम्म १० वटा टिमले दर्ता गरी सकेको बताए ।
खेल लिग प्रणालीमा प्रतियोगिता सञ्चालन गरिने छ ।
यस क्षेत्रका खेलाडीहरूको पहिचान गर्न खेलले सहयोग पुग्ने आयोजकले जनाएको छ । खेलले शारीरिक र मानसिकरूपमा स्वस्थ बनाउने भएकाले अनिवार्य खेलकुदमा लगाउनुपर्ने बोगटीले बताए ।
प्रतियोगिताको विजेता टोलीलाई नगद रु १ लाख एक सय एघार रुपैयाँ सँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीलाई रु ५० हजार ५ सय पचपन्न रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र दिइने बोगटीले बताए ।
अनुशासित र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।