Sujang

कृषि पत्रकार महासंघ डोटीको अध्यक्षमा मौनी

फागुन १६ ,डोटी :कृषि पत्रकार  महासंघ डोटी शाखाको अध्यक्षमा पत्रकार गणेश मौनी चयन भएका छन् ।
मंगलबार डोटीमा आयोजना गरेको पत्रकारहरुको भेलाले अध्यक्षमा गणेश मौनीलाई सहित ११ सदस्यीय कार्यसमिति चयन गरेका हुन् । अन्य उपाध्यक्षमा सरिता कठायत र धन बहादुर बोहरा, सचिबमा कृष्ण बहादुर चन्द, कोषाध्यक्षमा राज पार्कि, सह सचिबमा ईन्द्र शाही र भरत बम चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपेन्द्र खड्का, मिना जोरा र दिनेश जोशी चयन भएका छन् ।
मंगलबार चयन भएको समितिले पहीलो बैठक बसी कृर्षि क्षेत्रलाई प्रचार प्रसारको माध्ययमबाट प्रवद्र्धन र बिकास गर्न सहयोग गर्नुका साथै सबै निकायहरु संग समन्वय तथा सहकार्य गरि अघाडी बढ्ने निर्णय गरेको अध्यक्ष मौनीले बताए । नेपाल पत्रकार महासंघ डोटी शाखाका पूर्ब सचिब समेत रहेका पत्रकार मौनी सामुदायीक रेडियो बडीकेदारका प्रवन्ध निर्देशक रहेका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.