Sujang

शैक्षिक गुणस्तर बढाउन साझा प्रयास आवश्यक छ :जोशी

Ban

गणेश मौनी, डोटी: डोटी बहुमुखी क्याम्पस डोटीका क्याम्पस प्रमुख दिलानन्द जोशीले डोटी सिलगढी रहेको पबित्र आबासिय माध्यामीक बिद्यालयको शैक्षिक गुणस्तर बढाउन साझा प्रयास आवश्यक रहेको बताएका छन् ।
पबित्र आबासिय माध्यामीक बिद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक निमार्ण विषयमा शनिबार बिद्यालयले आयोजना गरेको सरोकारवाला निकाएहरु संगको अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख जोशीले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमको सभाध्यक्ष समेत रहेका क्याम्पस प्रमुख जोशीले पबित्र आवासिय डोटीको पुरानो र ईतिहास बोकेको बिद्यालय रहेकोले बिद्यालयलाई पुरानो अवस्थामा फर्काउन सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले भने सुरुमा बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धी गर्नुपर्छ अनि पबित्र आबासीय प्राईभेट हो की पब्लीक हो छुट्याउनु पर्ने, बिद्यालयले कार्यबिधी तयार गर्नुपर्ने, बिद्यालय प्रति सरोकारवाला निकाएको अपनत्व हुनुपर्ने, शिक्षण सिकाईमा नयाँ प्रबिधीको प्रयोग गर्नु पर्ने लगाएतका सुझाबहरु समेत दिएका थिए । पबित्र आबासियलाई सबैको साझा बिद्यालयको रुपमा बिकास गर्न योजनाबद्ध रुपमा अघाडी बढ्न क्याम्पसको पूर्ण सहयोग रहने समेत क्याम्पस प्रमुख जोशिले बताएका थिए ।
बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धी गर्न नयाँ प्रबिधीको प्रयोगलाई पनि विशेष ध्यान दिन आवश्यक रहेको डोटी बहुमुखि क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले बताए ।
कार्यक्रममा डोटी बहुमुखि क्याम्पस डोटीका सह प्राध्यापक खेमराज जोशी, उप प्राध्यापक लोकराज भट्ट, शिक्षण सहायक तिलक पाण्डेयले पनि आफ्ना धारणा तथा सुझाबहरु राखेका थिए ।

बिद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षण सिकाईमा नयाँ प्रबिधीको प्रयोग गरिने पबित्र आबासिय माध्यामीक बिद्यालयका प्रीन्सीपल बिनोद मीश्रले बताए । उनले भने पबित्र आबासीय एक समयमा डोटी जिल्लाको नमुना बिद्यालय थियो फेरी नमुना बनाउन पहल गरिहरेको बताए । निकट भविश्यमा आम रुपमा सबैको सहभागिता हुने गरि छलफल कार्यक्रमलाई अघाडी बढाईने समेत बताए ।

२०४० सालमा स्थापना भएको पबित्र आबासीय माध्यामीक बिद्यालय संग आफ्नै खेलमैदान सहितको भवन, स्कुल बस, तालिम प्राप्त शिक्षकहरु रहेका छन् । पबित्र आबासीय बाट अध्ययन गरेका अधिकांश ब्यक्तीहरु डाक्टर, ईन्जीनीयर, कानुन बिद र सरकारी सेवाको उच्च पदमा पुगेका बिद्यालयले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा डोटी बहुमुखि क्याम्पसका प्राध्यापकहरु, अभिभावकहरु, शिक्षकहरुको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.