Sujang

पालिका स्तरिय निबन्ध प्रतियोगितामा मोहन र रचना उत्कृष्ठ

Ban

गणेश मौनी ,डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरेको माबि स्तरिय निबन्ध लेखन प्रतियोगितामा खत्याडी माबिमा अध्ययनरत छात्रा रचना उपाध्याय र जोराघाट माबिमा अध्ययनरत छात्र मोहन नेपाली उत्कृष्ठ भएका छन् ।
बोगटान फुड्सिल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा ग्रामीण समुदाय बिकास केन्द्र (RCDC) द्धारा संचालित दिगो बातावरणको लागि जलबायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजनाले शुक्रबार बोगटानमा आयोजना गरेको “बातावरण र मानब जिवनमा जलबायु परिवर्तनको असर” शिर्षको निबन्ध लेखन प्रतियोगितामा रचना र मोहन उत्कृष्ठ बिजेता बनेका हुन् ।
बिद्यार्थिहरुको बौद्धीक क्षमता अभिबृद्धीमा सहयोग पुगोस भन्ने हेतुले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा पालिका भरिका ९ वटा माध्यामीक बिद्यालयका प्रत्येक बिद्यालयबाट १ छात्र र १ छात्रा गरि १८ जनाको सहभागिता रहेको ग्रामीण समुदाय बिकास केन्द्र डोटीका सब ईन्जीनियर करन बहादुर बिष्टले बताए ।

जलबायु परिवर्तनले गर्दा पानि पर्ने प्रबृतिमा घटबढ भई बर्षेनि बाढी पहिरो, बन डढेलो, खडेरी हिमपात बिस्पोटन जस्ता घटनाहरु बृद्धी भईरहेको ग्रामीण समुदाय बिकास केन्द्र द्धारा संचालित दिगो बातावरणको लागि जलबायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजना कार्यक्रम संयोजक सुजन कुमार खत्रीले बताए । जलबायु परिवर्तनको विषयमा आम नागरिकलाई जानकारी हुनुका साथै यस विषयमा सबै सचेत रहन आवश्यक रहेको समेत संयोजक खत्रीले बताए ।

जलबायु परिवर्तन सम्बन्धी प्रभाव न्यूनिकरण तथा अनुकुलनका क्रियाकलापहरु संचालन गर्न पालिकाले विशेष प्राथमीकता दिने बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष बिस्ना देउवा बमले बर्ताइन् । ग्रामीण समुदाय बिकास केन्दले बिद्यार्थिहरुको रचनात्मक क्षमता अभिबृद्धीमा सहयोग पुग्ने खालको कार्यक्रम आयोजना गरेकोमा धन्यबाद सहित आगामी दिनमा संचालन गरिने कार्यक्रममा पूर्ण सहयोग गर्ने समेत उपाध्यक्ष बमले बताईन् ।

निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ठ बिजेता दुई जनालाई झोला, क्याल्कुलेटर, एक दर्जन कापी, कलम प्रमाण पत्र उपलब्ध गराएको थियो भने अन्य सहभागिहरुलाई डायरी र प्रमाण पत्र उपलब्ध गराएको आयोजकले जनाएको छ ।

ग्रामीण समुदाय बिकास केन्द्र (RCDC) द्धारा संचालित दिगो बातावरणको लागि जलबायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजना कार्यक्रम संयोजक सुजन कुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देउवा बम रहेकी थिईन भने कार्यक्रममा वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, स्थानिय, शिक्षक बुद्धीजिबी लगाएतको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.