Sujang

सरोकारवाला निकाएहरु संगको समन्वय बैठक सम्पन्न

Ban

गणेश मौनी,डोटी:बहुपक्षित सरोकारवालाहरु संगको समन्वय बैठक शुक्रबार डोटीमा शुक्रबार सम्पन्न भएको छ ।
बहुसास्कृतीक मनोसामाजीक संस्था (टिपीओ) नेपालले युनिसेफ नेपालको सहयोग दिपायल सिलगढी नगरपालिकाको समन्वयमा मनोसामाजिक सहयोग कार्यक्रमलाई विभिन्न सवालहरुमा समाहित गर्न समन्वय बैठकको आयोजना गरेको थियो ।
मनोसामाजिक सवाल आम नागरिकका लागि अति आवश्यक रहेको बहुसास्कृतीक मनोसामाजीक संस्था नेपाल(टिपीओ)का कार्यक्रम बिभाग प्रमुख पिताम्बर कोईरालाले बताए । उनले भने मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न नगरपालिकाले पनि आवश्यक पहल चाल्नुपर्छ ।
दिपायल सिलगढी नगरपालिका भित्र मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्न बहुसास्कृतीक मनोसामाजीक संस्था (टिपीओ) नेपाल संगको समन्वय र सहकार्यमा नगरपालिकाले आवश्यकता अनुसार बजेटको ब्यवस्थापन गरि कार्यक्रम अघाडी बढाईने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए ।
बहुसास्कृतीक मनोसामाजीक संस्था (टिपीओ) नेपालले नगर प्रमुख खड्कालाई मानसिक स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले गर्न सक्ने प्रस्ताबीत कार्यक्रम तथा बजेटहरु हस्तान्तरण गरेको हो
समन्वय बैठकमा बोल्ने अधिकांश सहभागिहरुले सनोसामाजिक सवाललाई क्रस कटीङ सवालको रुपमा अघाडी बढाउनु पर्ने, स्थानीय सरकारले यस क्षेत्रको लागि आवश्यक बजेटको ब्यवस्थापन गर्नुपर्ने, बिद्यालय, समुदाय तहमा विशेष प्राथमिकता दिनुपर्ने लगाएतका सुझाबहरु दिएका थिए ।
सिलगढीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका प्रमुख प्रतिनिधी, वडा अध्यक्ष, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधी, नागरिक समाज, पत्रकार, टिपीओ नेपालका कार्यक्रम बिभाग प्रमुख पिताम्बर कोईराला, कार्यक्रम संयोजक फणीन्द्र अधिकारी, कार्यक्रम अधिकृत जितेन राई, मनोबिमर्शकर्ता सिता गिरी लगाएको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.