Sujang

फोहोरमैला ब्यवस्थापनका लागि ब्यापारीहरुलाई डोको बितरण

Ban
Krishi

गणेश मौनी,फागुन ९ डोटी:डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ अन्तरगत रहेको छीडीखानक्षेत्रका ब्यापारीहरुलाई फोहोरमैला ब्यवस्थापनका लागि डोको बितरण गरिएको छ ।
युएम एन डोटी र ग्रामीण सामुदायीक विकास केन्द्र डोटीको संयुक्त साझेदारीमा सञ्चालित कलाईमेट परियोजना अन्तरगत बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ संगको समन्वयमा २० जना ब्यापारिहरुलाई डोका बितरण गरिएको थियो ।
स्थानिय स्तरमा उपलब्ध हुने बास तथा निगालाबाट बनेका डोकाहरुलाई डस्टबीनको रुपमा प्रयोग गर्दा बजार क्षेत्रलाई सरसफाईमा सहयोग पुग्नुका साथै प्लास्टीक मुक्त क्षेत्र निमार्णमा सहयोग पुग्ने बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १का वडा अध्यक्ष खेम बहादुर धर्तिमगरले बताउनु भयो ।
उनले भने डस्बीनको रुपमा डोकोको प्रयोग गर्दा स्थानीय स्तरमा निमार्ण गरिएका कच्चा पर्दाथको बजारकरणमा सहयोग पुग्नुका साथै आम नागरिकले सहज रुपमा प्रयोगमा ल्याउन सक्ने समेत बताए ।
स्थानिय स्तरमै बास निगाला बाट निमार्ण गरिएका डोकाहरु डस्बीनको रुपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याईएको हो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.