Sujang

बडीकेदार गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी शिबजी माबीलाई

गणेश मौनी,डोटी :डोटीको बडीकेदार गाउँपालिकामा संचालन भएको चौथो स्थानिय तह स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधीे शिबजी माध्यामीक बिद्यालय बडीकेदार ४ मान्नाकापडीले हात पारेको छ
बर्छैन माध्यामीक बिद्यालयमा संचालन भएको चौथो स्थानिय तह स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ११ स्वर्ण ७ रजक, ६ कास्य सहित शिबीजी माध्यामीक बिद्यालय प्रथम भएको हो ।
त्यस्तै ४ स्वर्ण, ९ रजक र ५ काश्य सहित आयोजक बर्छैन माध्यामीक बिद्यालय द्धितिय भएको छ भने ४ स्वर्ण २ रजक २ काश्य सहित दुर्गा माध्यामीक बिद्यालय देवली तृतिय भएको हो ।

प्रतियोगितामा सहभागि अन्य लक्ष्मी माध्यामीक बिद्यालयले १ स्वर्ण १ रजक ४ काश्य प्राप्त गरेको छ । त्यस्तै जनता माध्यामीक बिद्यालयल सडेखानले १ स्वर्ण २ रजक २ काश्य प्राप्त गरेको थियो । त्यस्तै बिरेन्द्र माध्यामीक बिद्यालय घागलले २ स्वर्ण ४ रजक र ६ काश्य प्राप्त गरेको छ । त्यस्तै बिष्णु माध्यामीक बिद्यालय मुलेचौरले ३ स्वर्ण १ रजक र १ काश्य प्राप्त गरेको छ । बिष्णु माध्यामीक बिद्यालय बरालगाउँले १ स्वर्ण प्राप्त गरेको छ भने केदारेश्वर माध्यामीक बिद्यालय लानाले ३ स्वर्ण ४ रजक र ४ काश्य प्राप्त गरेको थियो ।

विभिन्न ३० बिद्यामा संचालन भएको प्रतियोगितामा सहभागि खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ फागुन ५ गते देखी ८ गते सम्म संचालन भएको चौथो स्थानिय तह स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

खेलकुद स्वास्थ्यका लागि अति आवश्यक रहेको बडीकेदार गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए । समापन सत्रका प्रमुख अथिती समेत रहेका शाखा प्रमुख देउवाले बडीकेदार गाउँपालिकाले खेलकुदका कार्यक्रमलाई बिशेष प्राथमीकता दिने बताए । उनले भने बालबालीकाहरुलाई पढाईका साथ साथै खेलकुद पनि अति आवश्यक रहने भएकोले बिद्यालयहरुले शुक्रबारे कार्यक्रममा खेलकुदका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । पालिकास्तरमा खेलकुद मैदान र खेल शिक्षकको ब्यवस्थापनमा छलफल गरिने समेत शाखा प्रमुख देउवाले बताए ।

बर्छैन माध्यामीक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बमको अध्यक्षतामा संचालन भएको समापन सत्रमा बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बिबेक देउवा प्रमुख अथिती रहेका थिए भने कार्यक्रममा सरोकारवाला, स्थानीय, शिक्षक , बिद्यार्थि, पत्रकार सुरक्षा कर्मिलगाएतको सहभागिता रहेको थियो । प्रतियोगितामा पालिका भरिका ९ वटा माध्यामीक बिद्यालयको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.