Sujang

स्थानीय तहलाई जनताको पक्षमा काम गर्न खबरदारी गर्ने

Ban

गणेश मौनी : डोटी नेपाल कम्युनिष्ट पार्टि डोटीले जनताको पक्षमा काम गर्न स्थानीय तहहरुलाई खबरदारी गर्ने बताएको छ ।

आईतबार नेपाल कम्युनिष्ट पार्टि डोटी दक्षिण जिल्ला समितिको सम्पन्न बैठकले विभिन्न निर्णयहरु गर्दै स्थानीय तहलाई जनताको पक्षमा काम गर्न खबरदारी गर्न दबाब दिने नेपाल कम्युनिष्ट पार्टि डोटीका जिल्ला ईन्जार्ज बिमल धामीले बताए ।

Krishi

उनले भने स्थानीय सरकारले जनताको हक हित र पक्षमा काम गर्नुपर्छ, शुसासन, पारदर्शिता, जवाफदेशीता ल्याउनु पर्छ, जनताको करबाट उठेको रकमको सहि सदुपयोग गर्नु पर्छ हामीहरु पनि त्यसको प्रत्येक्ष निग्रानीमा हुने बताए ।

स्थानीय निकायलाई जनताको पक्षमा काम गर्न पालिकालाई ज्ञापन पत्र बुझाउने, लघु बित्तको ज्यादतीमा संघर्ष गर्ने, स्थानीय तहका काम कारबाहीको अनुगमन गर्ने, बैंकको चर्को ब्याज घटाउन दबाब गर्ने लगाएतका आगामी कार्यक्रम रहेको समेत जिल्ला ईन्चार्ज धामीले बताए ।

नेपाल कम्युनिष्ट पार्टि डोटी दक्षिण जिल्ला समितिका सेक्रेटरी कृष्ण बोहराको अध्यक्षतामा बसेको बैठकमा डोटी जिल्ला ईन्चार्ज बिमल धामी लगाएतका जिल्ला पदाधीकारीहरुको सहभागिता रहेको थियो । बैठक डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ खड्यौलीमा भएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.