विक्रम खडका: ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस डोटीमा पनि मनाइएको छ।
आइतबार दिवसका अवसरमा दिपायल सिलगढी नगरपालिकाको आयोजनामा राजपुरमा सरसफाइ कार्यक्रम गरिएको छ ।
नगर सफा राखी सभ्यताको परिचय दिऊ भन्ने अभियानलाई सार्थकता प्रदान गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा उक्त कार्यक्रम पञ्चेश्वर मन्दिर देखि राजापुर बजार सरसफाइ गरिएको हो।
नेपाल लाई स्वतन्त्र राष्ट्र बनाइ खुसीको अनुभूति प्रदान गर्ने वातावरण बनाउने अमर सहिद लाई स्मरण गर्दै यस्ता दिवस लाई सार्थकता दिएर लाग्नु पर्ने जिल्ला समन्वय समिति संयोजक लक्ष्मण बहादुर सिंहले जोड दिए ।
सरसफाइ कार्यक्रममा बोल्दै पूर्व मन्त्री भक्तबहादुर बलायरले देश स्वतन्त्र बनाउने सहिद लाई सम्झिँदै सरसफाइ कार्यक्रम गरे जस्तै सबैको मन सफारी विश्वलाई हराभरा बनाउनमा आफ्नो ठाउँबाट सहयोग गर्न कार्यक्रमका सहभागीलाई आग्रह गरे।
दिपायल सिलगढी नगरपालिका नगर प्रमुख वाजी सिंह खडकाले स्वच्छ नगर बनाउने हाम्रो प्रयत्नलाई सार्थकता दिन यस्ता दिवसले प्रेरणा दिएको बताउँदै प्रजातन्त्र ल्याउन ज्यानको आहुति दिने अमर सहिद प्रति श्रद्धासुमन व्यक्त गरे ।
जिल्लाको उपस्थितिमा सरसफाइ गर्दा त्यहाँ बसोबास गर्नेलाई सरसफाइ गर्नु पर्छ भने कुराको बोध हुने खड्काले बताए ।
प्रजातन्त्र दिवसको अवसरमा गरेको सरसफाइ कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको उल्लेख सहभागिता रहेको थियो ।