Sujang

महिलालाई आत्म निर्भर बनाउन सिलाई कटाई तालिम

विक्रम खड्का ,डोटी :  महिलालाई आत्म निर्भर बनाउन तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्था कैलालीको आयोजना तथा दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।
आइतबार तालिमको उद्घाटन गर्दै दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सीँ खड्काले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न सहभागीहरूलाई आग्रह गरे । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने नगरप्रमुखको भनाई छ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने नगरप्रमुख खड्काले बनाए।
सोही कार्यक्रममा बोल्दै नगर उप-प्रमुख कलावती महर साउँदले महिलाहरूलाई आत्मनिर्भर बनाउन तालीमले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । तालिम लिए पश्चात् महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।
यस्तै कार्यक्रममा बोल्दै साइन नेपालका कोषाध्यक्ष मेघ राज भट्टले मानवीय सेवामा आफूहरू निरन्तर लागि रहेको बताउँदै नगरपालिकाले नगर भित्र आवश्यकता अनुसार कार्यक्रम माग गरे सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा प्रशिक्षक लता जोशीले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिने बताइन्  ।
सिलाई कटाई तालिमको लागि खरिद  गरिएका मेसिन तालिम सम्पन्न पश्चात्  सहभागिताहरूलाई प्रदान गरिने संस्थाका फिल्ड सुपर भाइजर पूर्ण बोहराले शिला खबरलाई जानकारी दिए ।
वडा नं. ५ का वडा अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष नरेश मलासी, वडा नम्बर ९ का वडा  अध्यक्ष हर्क साउद लगायतको उपस्थिति थियो ।
तालीममा नगरका विभिन्न वडाबाट २० जना महिलाको सहभागी रहेको छ।
Salmuni
Leave A Reply

Your email address will not be published.