Sujang

दारी ग्याङ्ग डोटीको सातौँ वार्षिकोत्सवका अवसरमा फलफुल बितरण

डोटी -दारि ग्याङ्ग डोटीले जिल्ला अस्पताल डोटीका विरामिहरुलाई फलफुल वितरण गरेको छ ।

शनिवार दारि ग्याङ्ग डोटीको सातौँ वार्षिकोत्सवका अवसरमा फलफुल बितरण गरेको हो ।

“सेवा नै धर्म हो ,गालामा दारी काधमा जिम्मेवारी” भन्ने मुलनाराका साथ एक कार्यक्रमका विच फलफुल वितरण गरीएको दारि ग्याङ्ग डोटीका सल्लाहकार राजेश श्रेष्ठ बताए ।
उनले भने,‘सक्रिय रुपमा सामाजिक कार्यमा लागिरहेका छौँ । दारी ग्याङले दारी प्रति आम मानिसको धारणा नै परिवर्तन गरिदिएका छौँ । यो समूहले दारी पाल्नु सौखको कुरा हो भन्नेलाई बदलेर परिपक्कता र जिम्मेवारी बहनको अवस्थासँग जोडिएका छौ । दारी रहरमात्र नभएर जिम्मेवारीबोधको प्रतीक बनिदिएको छ।’


दारी ग्याङले जिल्लामा विभिन्न सामाजिकज कार्य गरिरहेको छ । यसले दुखी,गरिब तथा अनाथ,असाहय बालबालिकालाई सहयोग,सरसफाई,बृक्षारोपण, रक्तदान कार्यक्रम लगायतका सामाजिक कार्य गर्दै आइरहेको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.