Sujang

सेना दिवसमा सात जना सम्मानित 

डोटी : आज २६० औँ नेपाली सेना दिवस हो । नेपाली सेना दिवसका अवसरमा डोटी जिल्लामा विभिन्न क्षेत्रमा कार्यरत सात जना सम्मानित गरिएको छ ।
दिवसका अवसरमा डोटीको सिलगढी स्थित  भैरव प्रसाद गणले एक कार्यक्रमका बिच शनिवार कदर पत्र प्रदान गरेर सात जनालाई  सम्मान गरेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले जानकारी दिए।
सम्मानित हुनेमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सीँ खड्का , पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्याय, वोगटान फुड्सील गाउँपालिका अध्यक्ष कमल गड्सीला, शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुराजी प्रेम शंकर भट्ट, रेडियो डोटीका स्टेसन कोडीनेटर रश्मि कुँवर, जिल्ला अस्पताल व्यवस्था समितिका अध्यक्ष धन बहादुर नेपाली र उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष मोहन बहादुर कलेल रहेका छन् ।
नेपाली सेना र आम नागरीकका बिचमा सुमधुर सम्बन्ध स्थापना गर्न ठुलो भूमिका खेल्नु साथै सामाजिक क्षेत्रमा समेत सहयोग गरेकोले उहाँहरूलाई दिवसका अवसरमा सम्मान गरिएको प्रमुख सेनानी कार्कीले बताए  ।
दिवसका अवसर बोल्दै प्रमुख सेनानी कार्कीले नेपाली सेनालाई सहयोग गर्ने  सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था , नागरिक समाज, पत्रकार लगायत सम्पूर्णमा  धन्यवाद व्यक्त गरे।
उनले भने,´ नेपाली सेना जहिले पनि जनता र राष्ट्रको हितमा काम गर्ने छ। यसका लागी सबैको सहयोगको आवश्यकता रहन्छ।`
सम्मानित हुने  सबैले मन्तव्य राख्दै नेपाली सेना र आम जनताको सम्बन्ध अटुट रहनु पर्ने कुरामा जोड दिएका थिए ।
साथै दिवसका अवसरमा प्रमुख सेनानी कार्कीले पदोन्ती भएका सकल दर्जालाई दर्ज्यानी चिन्ह प्रदान गरेको सेनानी सन्तोष बहादुर चन्दले जानकारी दिए।
भैरव प्रसाद गणले सेना दिवसका अवसरमा एक साता देखी विभिन्न कार्यक्रम गर्दै आएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.