Sujang

मनोसामाजिक कार्यकर्तालाई तालिम

Ban

भक्तराज उपाध्याय,डोटी :सामुदायिक मनोसामाजिक कार्यकर्ताका लागि मनोसामाजिक तालिम सम्पन्न भएको छ ।

तीन दिने मनोसामाजिक तालिममा १९ जना महिला र ४ जना पुरुष गरी २३ जनाको सहभागिता रहेको थियो ।

लुथरन विश्व फेडरेशन नेपालको आर्थिक सहयोगमा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्चडोटीद्वारा सञ्चालित Earthquake Response in Doti Nepal परियोजना अन्र्तगत डोटी, बझाङ, डडेल्धुरा, बैतडी, कैलाली र सुर्खेत गरी ६ जिल्लाका सहभागिहरुको सहभागितामा तालिम गरिएको हो ।

Krishi

समुदायमा मनोसामाजिक परामर्श सेवा दिनका लागि क्षमता अभिवृद्धि तालिममा टि पि ओ नेपालका भरत गौतम र सिता गिरीले तीन दिनसम्म सहजिकरण गरेका थिए ।

भुकम्प प्रभावित समुदायमा मनोसामाजिक परामर्श दिनका लागि आयोजित तालिममा टोल टोल तथा विद्यालयहरुमा परामर्श सेवा दिनका लागि प्रभावकारी रहेको लु.वि.फे. नेपाल पश्चिम प्रादेशिक कार्यालय धनगढीका कार्यक्रम ब्यवस्थापक मानध्वज खत्रीले बताए ।

६ वटै जिल्लाका सहभागिहरुले तालिममा सिकेका सिप तथा विधि समुदायमा प्रयोग गरी भुकुम्पको अवस्थाले डर, त्रास त्रसित भई मानसिकतामा केही बिचलन अवस्थामा देखिएका ब्यक्तिहरुको दैनिक ब्यवहारमा सामान्य अवस्था भन्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ब्यक्तिमा डर, त्रास, आतिने , एकोहोरिरने, आतिने अवस्थाका ब्यक्तिहरुलाई सामुदायमा आधारित परामर्श सेवा उपलब्धगरि उनिहरुको मानसिक स्वास्थयमा पुर्नलाभ प्राप्त पुगने अपेक्षा गरिएको लु.वि.फे. नेपाल पश्चिम प्रादेशिक कार्यालय धनगढीका कार्यक्रम संयोजक चेतमान साउदले बताए ।

बाहिरी रुपमा हेर्दा जो कोहि पनि सामान्यतया स्वस्थ नै देखिए पनि नजिकबाट नियालेर हेर्दा मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुपर्ने देखिएकाले समुदायमा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने तालिमका सहभागी अनिल घर्तीले बताए ।

मानसिक विचलन हुन नदिई समयमै सेवा दिन सके तनाव कम गरी ब्यक्तिलाई लाभ प्रदान गर्न सकिने तालिमका सहभागी पार्वती जोशीले बताइन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.