
गणेश मौनी:पढाई शिबीरका सहजकर्ताहरुलाई कथा बाचन तथा शैक्षिक सामाग्रि निमार्ण सम्बन्धी चार दिने तालिम आईतबार दिपायलमा सम्पन्न भएको छ ।
सामुदायीक बिकास केन्द्र डोटी र वल्र्डभिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित समाबेशीतथा गुणस्तरीय शिक्षा प्राबिधीक कार्यक्रम अन्तरगत तालिमको आयोजना गरेको सामुदायीक बिकास केन्द्र डोटीका फिल्ड अधिकृत शिद्धराज जोशीले बताए ।
चार दिन सम्म संचालन भएको तालिममा कथा बाचनका तरिका, बिधी प्रक्रिया र पढाई सिपका साथै शैक्षिक सामाग्री निमार्ण र प्रयोगको बारेमा छलफल गरिएको समेत फिल्ड अधिकृत शिद्धराज जोशीले बताए ।
माघ २२ गते देखि सुरु भई माघ २५ गते पहिलो चरण र माघ २६ गते देखि २९ गते सम्म दोस्रो चरणको गरि दुई चरणमा सम्पन्न भएको तालिममा पहिलो चरणमा २३ जना र दोस्रो चरणमा २४ जना पढाई शिबीर सहजकर्ताहरुको सहभागिता रहेको थियो । सहभागि कार्यक्रम लागु भएका पुर्विचौकी गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका रहेका थिए । कार्यक्रमको सहजिकरण यशु श्रेष्ठले गरेका थिए ।