गणेश मौनी :डोटीको बडीकेदार गाउँपालिकाको १२ औं गाउँ सभा तथा हिउदे अधिबेशन आईतबार सम्पन्न भएको छ ।
गाउँसभामा गाउँपालिकाले प्रवाह गरेको सेवाको अवस्था, गुणस्त र चुनौतिहरुको बारेमा प्रतिबेदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले पालिकास्तरीय योजनालाई विशेष प्राथमीकता दिने गाँउसभाका सभाध्यक्ष एवं बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउद बताए ।
गाउँपालिकाको बर्तमान अवस्था, पालिकाको भौतिक प्रगती र अवसरहरुको बारेमा अध्यक्ष साउँदले प्रतिबेदन समेत प्रस्तुत गरेका थिए ।
गाउँपालिकाबाट आर्थिक बर्ष २०७९।८०का लागि स्वीकृत भएका योजनाहरुलाई कार्यान्वयन गर्न सबैको जिम्मेबारी रहेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी बिष्ट कलेलले बताईन् । सभामा हिउदे अधिबेशन बाट संसोधीत योजनाहरु उपाध्यक्ष कलेलले प्रस्तुत गरेकी थिईन् । गाउँसभामा प्रस्तुत गरेको कार्यक्रम तथा बजेटबारे छलफल पछी गाउँ सभाका सदस्यहरुले तालि बजाएर पारित गरेका थिए ।
१२ औ गाउँसभा तथा हिउदे अधिबेनले बडीकेदार गाउँपालिकाको कृर्षि, शिक्षा, स्वास्थ्य पर्यटन, बिधुत, यातायात क्षेत्रलाई विशेष प्राथमीकता दिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको सभाहलमा संचालन भएको गाउँसभामा कार्यपालिकाका सदस्य, कर्मचारी, स्थानीय, बुद्धीजिबी, पत्रकार लगाएको सहभागिता रहको थियो ।
कार्यक्रमको संचालन बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले गरेका थिए ।