Sujang

घागलमा खुला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गणेश मौनी:डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ मा खुला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता शनिबार बाट सुरु भएको छ ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको भलिबल प्रतियोगिताको आज एक कार्यक्रमका बिच बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउँदले उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अथिती समेत रहेका साउँदले खेलकुद स्वास्थ्यका लागि अति आवश्यक हुनुका साथै खेलाडीहरु राष्ट्रका गहना भएको बताए । उनले भने पालिकाले खेलकुदको प्रवद्र्धन र खेलाडीहरुको सम्मानका लागि सदैब सहयोग गर्ने बताए । बडीकेदार गाउँपालिकामा खेलकुदको प्रर्वद्धन गर्न पालिकास्तरीय खेलकुद बिकास समिति गठन गर्न आवश्यक रहेको बताउदै पालिकाले सबै वडाहरुमा र पालिकास्तरमा खेलमैदान निमार्ण कार्य अघी बढाईने समेत अध्यक्ष साउदले बताए ।

बडीकेदार गाउँपालिकाभित्र रहेका विभिन्न क्षेत्रका खेलाडीहरुको पहिचान गरी तिनिहरुको संरक्षण गर्न पालिका सदैब अघाडी बढ्ने कार्यक्रमका विशिष्ठ अथिती एवं गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेलले बताईन् ।

खेलाडीहरुले जुनसुकै स्थानमा आफ्नो खेलहरु प्रर्दशन गर्दा अनुशासीत र निति नियमको पूर्ण पालना गर्न आवश्यक रहेको कार्यक्रमका बिशिष्ठ अथिती एवं बडीकेदार गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए ।

खेलाडी भनेका देशका गहना हुन खेलाडीहरुको संरक्षण गर्नुका साथै खेलकुदको प्रर्वद्धन गर्न आवश्यक रहेको कार्यक्रमका विशिष्ट अथिती बडीकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं पालिका प्रवत्ता पदम बहादुर बोहराले बताए । वडा स्तरीय खेलकुदका कार्यक्रमलाई आफ्नो वडामा पनि प्राथमीकता दिने समेत अध्यक्ष बोहराले बताए ।
खेलकुदको प्रवद्र्धन गरी युवाहरु बिच एक आपसमा सद्भाव कायम गर्न सहयोग पुगोस भन्ने हेतुले खेलकुद प्रतियोगिताको आयोजना गरेको कार्यक्रमका सभापति एवं वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए ।
शनिबार देखि सुरु भएको खुला वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा गाउँपालिका अन्तरगतका विभिन्न वडाबाट ८ वटा टिमको सहभागिता रहेको थियो ।

आज पहिलो खेल मिर्मिरे लघुबित्त सहकारी संस्था बिपीनगर र बडीकेदार वडा नम्बर २ बिच भएको थियो जसमा मिर्मिरे सहकारीले सोझै २–० ले जित हात पारेको छ । त्यस्तै आजै भएको दोस्रो खेलमा बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकेदारेश्वर र आयोजक ख बिच भएका थियो । जसमा वडा नम्बर ५ को समुहले सोझै २–०ले जित हात पारेको छ । त्यस्तै आजै भएको तेस्रो खेलमा आयोजक क र शिबकेदार बालक्ल बिच भएको थियो । जसमा आयोजक क समुहले सोझै २–० ले जित हात पारेको छ ।
आजै भएको चौथो खेल बडीकेदार गाउँपालिका वडा नम्बर २ क र बिरेन्द्र माबि घागल बिच भएको थियो जसमा बिरेन्द्र माबिले सोझै २–०ले जित हात पारेको छ ।
आज भएका खेलहरु लिग चरणमा खेलाईएका थिए भने भोलीहुने खेलहरु क्वाटर फाईनलमा खेलाईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागि प्रथम हुने समुहलाई रु ३० हजार द्धितृय हुने समुहलाई २० हजार र तृतीय हुने समुहलाई १५ हजार पुरस्कारका साथै प्रमाण पत्रको ब्यवस्था गरिएको आयोजक समितीका ब्यवस्थापक शिद्ध बहादुर बिस्टले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.