Sujang

मल्याणीमा खानेपानीको अभाव: पुस्तौ देखी खोलाको पानी खान बाध्य

Ban

गणेश मौनी :डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ मल्याणी गाउँका १७ घर परिवार गाउँमा खानेपानीको अभाव हुदाँ पुस्तौ देखि खोलाको पानी खान बाध्य भएका छन् ।

२०७३ सालमा ग्रामीण बिकास सेवा केन्द्र डोटीले अनुकुलन परियोजना अन्तरगत स्थानीय बासीको साझेदारीमा गाउँ नजिक रहेको ठुलाखोला बाट सोलारमुस आयोजना निमार्ण गर्दा केही समय गाउँघरमा खानेपानीको सहजता भएपनी खानेपानी बिग्रीदा पुन खानेपानीको अभाव हुनुका साथै निमार्ण गरिएका खानेपानीका धारा, टंकी जिर्ण बन्दै गएका छन् ।

Krishi

खानेपानी आयोजना अन्तरगत निमार्ण भएको सोलारमुसको ईन्भटर बिग्रीय पछी एक वर्ष देखि खानेपानी खोलाबाट बोकेर खानुपर्ने बाध्यता रहेको स्थानीय खडक बोहराले बताए । उनले भने हामी पहिले खानेपानी खोलाबाट बोकेर खान्थ्यौ खानेपानी आयोजना निमार्ण हुदाँ केही बर्ष सहज भएको थियो फेरी त्यस्तै अवस्थामा पुग्यौ । एक घण्टाको दुरीमा रहेको खोलाबाट बोकेर खानु पर्ने बाध्यता रहेको बताए ।

घरघरमा सिहदरबार भनेर नारा लगाए, हामीलाई भोट दिनुहोस भनेर चुनाबको समया धेरै नेताहरु आए भोट मागे तर हाम्रो खानेपानीको समस्या कसैले सम्बोधन गरेनन अर्का स्थानीय हिक्मत बोहराले बताए । जनप्रतिनिधीहरुले हामीलाई भोटबैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको आरोप समेत लगाए ।
मल्याणी गाउँमा १७ घर परिवार बसोबास गर्छन् । उनिहरु अहिले गाउँनजिक रहेको ठुलाखोला बाट करिब १ घण्टाको बाटोमा खानेपानी बोकेर खाने गर्छन् ।

अनुकुलन परियोजना अन्तरगत २०७३ सालमा ९ लाख संस्था र ७ लाख स्थानीयले श्रमदान गरि ठुलाखोला सोलारमुस आयोजना सम्पन्न भएको थियो । हाल ईन्भटर बिग्रदा खानेपानीको हाहाकार भएको छ । खानेपानी पुःन निमार्णको लागि हाल सम्म कुनै तहबाट पहल नभएको स्थानीय बताउन्छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.