Sujang

सेना दिवसको अवसरमा गरिएको अन्तर विद्यालय नृत्य प्रतियोगितामा नवदिप प्रथम 

डोटी :  सिलगढी स्थित भैरव प्रसाद गणले सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
शुक्रवार सिलगढी स्थित टुँडिखेलमा खप्तड–शैलेश्वरी अन्तर विद्यालय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना हो ।
अन्तर विद्यालय नृत्य प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता रहेकोमा नवदिप विद्या निकेतन बोडिङ स्कुल सलेना प्रथम, पवित्र माद्यामिक विद्यालय सिलगढी द्वितीय र सरस्वती माद्यामिक विद्यालय रानागाउँ तृतीय भएको छ । प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
अन्य सहभागी  विद्यालयलाई समेत कदर पत्र दिइएको थियो ।
सप्ताहव्यापी कार्यक्रममा पहिलो दिन छलिया नाच, विपद्को बेला प्रयोग हुँदै आएका औजार, हालसम्म सेनाले प्रयोग गरेका पोसाक, सेना सम्बन्धीका विभिन्न श्रव्य तथा दृश्य सामग्रीहरू पनि प्रदर्शन गरिएको थियो ।
खेलकुद तथा सांस्कृतिक कार्यक्रमले नेपाली सेना र नागरिकको सम्बन्ध प्रगाढ बनाउन, सामाजिक संस्कृतिको जगेर्ना गर्न ठुलो सहयोग पुग्ने भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए
खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न पर्यटकको सम्भावना बोकेको खप्तड क्षेत्रमा पर्यटन भित्र्याउन सहयोग पुग्ने सेनानी कार्की  बताए ।
डोटेली लोपोन्मुख तथा लुकेर रहेका संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको उनले बताए ।
त्यस्तै दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत  नेपाली सेना लगायतले वृक्षारोपण गरेका वोटहरुको सम्भार तथा संरक्षण, फागुन ५ गते जिल्ला स्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख लगायतको सहभागितामा उडिलोता देखि शैलेश्वरी मन्दिर सम्म म्याराथुन दौड र फागुन ६ गते सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष कार्यक्रमको प्रत्यक्ष लाइभ दिपायलमा समेत हेर्ने व्यवस्था गरिने भैरव प्रसाद गणका गणपति बताए ।
Salmuni
Leave A Reply

Your email address will not be published.