Sujang

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए सपथ

धनगढी,२७ माघ -सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यलयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई सपथ खुवाएका हुन् ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले हिजो प्रदेश प्रमुख जोशीलाई आफ्नो राजीनामा बुझाएका थिए । विश्वासको मत लिन संसदमा प्रस्ताव पेश गरेका रावलको प्रस्ताव नै बहुमतले अस्वीकृत गरेपछि रावलले राजीनामा बुझाएका हुन् ।

संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता शाहले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.