Sujang

सङ्घीयता खारेज लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

माघ २७,डोटी: राष्ट्रिय जनमोर्चा डोटीले विभिन्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र पठाएको छ ।

 

गणतन्त्र,राष्ट्रियता, धर्म निरपेक्षता र संघियतासहितका ८ बुँदे माग कार्यान्वयन गर्न भन्दै शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाएको हो ।
गणतन्त्रको स्थापनापश्चात् गणतन्त्रलाई कमजोर पारेर आफ्ना राजनीति स्वार्थ पुरा गर्न देशलाई प्रतिगमन तर्फ लगिएकाले सरकार गम्भीर हुनु पर्ने, देशको राष्ट्रियता तथा कालापनि सहितको भू भागलाई संसदभित्र तथा बाहिर अन्तर्राष्ट्रियकरण गर्नु पर्ने , अतिक्रमण भू भागलाई फिर्ता लिन सरकारले अविलम्ब प्रयत्न गर्नु पर्ने, परराष्ट्र नीति कसैको प्रभाव तथा एम सी.सी.अविलम्ब खारिज गर्नु पर्ने, धर्म परिवर्तनका लागि भइरहेका गतिविधि विरुद्ध आवश्यक कदम चाल्न माग, सङ्घीयता खारेज, महँगी, बेरोजगार, कालो बजारी नियन्त्रण लगायतका माग राख्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डवल बोगटी बताए ।

 

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले ज्ञापन पत्र बुझ्दै तत्कालै सम्बन्धित निकायमा पठाइने बताईन् ।

 

यस्तो छ ज्ञापन पत्र ।
Salmuni
Leave A Reply

Your email address will not be published.