Sujang

सेना दिवसका अवसरमा भैरव प्रसाद गणले सप्ताहव्यापी कार्यक्रम गर्ने

Ban

प्रकाश बम,डोटी ः सिलगढी स्थित भैरव प्रसाद गणले सेना दिवसका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बुधवार भैरव प्रसाद गणले पत्रकार सँग गरेको भेटघाट कार्यक्रममा जानकारी गराएको हो ।

यही माघ २७ गते देखि दिवसका अवसरमा भैरव प्रसाद गणले सप्ताहव्यापी विभिन्न कार्यक्रम गर्न लागेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए ।

Krishi

गणपति प्रमुख सेनानी कार्कीका अनुसार माघ २७ गते सिलगढी स्थित टुडीखेलमा वृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उक्त दिन कला,संस्कृति प्रवर्द्धन गर्ने हेतुले अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।

दिवसका अवसरमा कला संस्कृति झल्किने खालका कार्यक्रम भुवा, छलिया हुड्केलीका साथै पृथ्वीनारायण शाह देखि अहिले सम्म सेनाले लगाउँदैको आएको पोसाकको प्रदर्शन, सेनाले विपद्का समयमा प्रयोग गरिने सामग्री पर्दशनि तथा जानकारी, नेपाली सेना सम्बन्धी फोटो पर्दशनि, नेपाली सेनाको विभित पक्षबारे भिडियो समेत देखाइने गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए ।

अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद पन्ध्र हजार, द्धितियलाई दश हजार र तृतीयलाई पाँच हजार सहित प्रमाण पत्र दिइने कार्कीले बताए ।

त्यस्तै दिवसका अवसरमा नेपाली सेना लगायतले वृक्षारोपण गरेका वोटहरुको सम्भार तथा संरक्षण, फागुन ५ गते जिल्ला स्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख लगायतको सहभागितामा उडिलोता देखि शैलेश्वरी मन्दिर सम्म म्याराथुन दौड र फागुन ६ गते सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष कार्यक्रमको प्रत्यक्ष लाइभ दिपायलमा समेत हेर्ने व्यवस्था गरिने भैरव प्रसाद गणले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.