Sujang

करेन्ट लागेर एक युवकको मृत्यु

Ban

अत्तरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ अत्तरियामा बस्दै आएका बुद्धिसिंह बोगटीको करेन्ट लागेर मृत्यु भएको हो।

उनको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ। डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई हाल बसन्तपुरमा बस्दै आएका बोगटीको घरको छतमा फोनमा कुरा गर्दै गर्दा थ्रिफेज लाईनमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

बोगटी दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत थिए। उनको मृत्युको शोकमा आज क्याम्पसले शोक बिदा दिएको छ।

 

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.