Sujang

४७ जना व्यवसायी उद्यमीहरूलाई व्यवसाय परामर्श गोष्ठी 

Ban
भक्तराज उपाध्याय: डोटीको सायल गाउँपालिका -६,मेल्लेकमा कोभिडबाट प्रभावित, विपन्न तथा कमजोर अवस्था भएका ४७ जना उद्यमीहरूलाई व्यवसाय परामर्श सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
डिफ्याट र लुथरन विश्व फेडरेसन नेपालको आर्थिक सहयोग तथा उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च  डोटीको आयोजनामा गोष्ठी शनिवार सञ्चालन गरिएको हो ।
कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सायल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दीपक बहादुर साउँदले ब्यवसायीहरुलाई दर्ता प्रक्रियामा सहयोग गरी व्यवसाय सञ्चालनका लागि आगामी दिनहरूमा सहयोग गर्न सकिने बताए।
सायल गाउँपालिका कार्यपालिका सदस्य राजु देवी कटुवालले महिलाहरू आयआर्जन तर्फ लागिरहेकाले निरन्तर रूपमा व्यवसाय सञ्चालन गरी आत्मनिर्भर हुन जोड दिइन् ।
सायल गाउँपालिका निमित्त कृषि शाखा प्रमुख शिद्धराज उपाध्यायले गाउँपालिकामा कृषि समूह दर्ता गरेर सबै सदस्यहरूलाई व्यवसाय तर्फ  लाग्न आग्रह गर्दै शाखाले आगामी दिनहरूमा व्यवसाय सञ्चालनका लागि सहयोग गर्ने बताए ।
Krishi
उद्यमशील विकास सहजकर्ता विमला सिंहले व्यवसायीहरूले व्यावसायिक योजना सम्बन्धी आधारभूत तालिम पाइसकेकाले आगामी दिनहरूमा आबद्ध समूहका सबै सदस्यहरूको व्यवसाय स्थापना गर्न उद्यम विकासमा सहयोग गर्न सकिने बताइन्  ।
कोभिडबाट प्रभावित ४७ जनालाई गत वर्ष संस्थाले व्यवसाय स्थापना गर्नका लागि सहयोग गरेको उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डोटीका जीविकोपार्जन सहजकर्ता गणेश बहादुर कोलीले बताए ।
यु.एस.एस.वि.एम. डोटीले डोटी जिल्लामा कोभिड १९ बाट प्रभावित व्यक्ति तथा समुदायलाई सहयोग गर्न सायलमा ४७ जना, दिपायल सिलगढी नगरमा ३९ जना र शिखर नगरपालिकामा ४० जना गरी १२६ जनालाई व्यवसाय सञ्चालनका लागि सहयोग गरेको जनाएको छ।
सायलमा ३५ जनाले बाख्रापालन, ५ जनाले सिलाई कटाई, ४ जनाले किराना पसल, २ जनाले आरन र १ जनाले कुखुरापालन व्यवसाय सञ्चालन गर्दै आएका छन्।
व्यवसाय परामर्श सम्बन्धी कार्यशालामा जनप्रतिनिधि, उद्यमी, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.