गणेश मौनी : डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ मा बाल बिबाह,लैंगिक हिंसा न्यूनिकरण र छाउपडी प्रथा अन्त्यको लागि समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोगमा जोरायल गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा समुदाय स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरीएको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताईन् ।
उनले भनीन् हाम्रो मुख्य ध्येय भनेको बालबिबाह र छाउपडी प्रथालाई पूर्ण रुपमा अन्त्य गर्ने हो । कार्यक्रममा बाल बिबाह,लैंगिक हिंसा,छाउपडी प्रथा, हाम्रो समाजमा रहेका सामाजिक कुरुतिहरुको बारेमा छलफल हुनुका साथै कुरुतीहरुको न्यूनिकरणका लागि गर्न सकिने उपायहरुको बारेमा समेत छलफल गरिएको उपाध्यक्ष बोहराले बताईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले हाम्रो समाजमा सामाजिक कुरुतीको रुपमा रहेका विभिन्न परम्पराहरुलाई अन्त्य गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो सामाजिक मुल्य मान्यता, संस्कृतिमा हाम्रो सभ्यता झल्कीन्छ त्यसैले बाल बिबाह, छाउपडी प्रथा जस्ता कुरुतीको अन्त्य गर्न आवश्यक रहेको बताए।
जोरायल गाउँपालिका वडा नम्बर ४को नख्खु र गोल्ला काफलीमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारी, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधी लगाएत स्थानीयबासीको सहभागिता रहेको थियो ।