माघ २१,डोटी :डोटीको आदर्श गाउँपालिकाले पालिका भित्र रहेका अति बिपन्न दलित र एकल महिलाहरुलाई न्यायो कपडा(कम्बल) बितरण गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा तय गरेको महिला संग उपाध्यक्ष कार्यक्रम अन्र्तगत अति बिपन्न दलित र एकल महिलाहरुलाई न्यानो कपडा(कम्बल) बितरण गरेको आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायले बताईन् ।
आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई केही राहात हुनुका साथै एक आपसमा आत्मीयता बढोस भन्ने हेतुले न्यानो कपडा बितरण गरेको समेत उपाध्यक्ष रोकायाले बताईन् ।
शुक्रबार देखी सुरु गरेको महिलाहरुलाई न्वानो कपडा बितरण कार्यक्रम अन्र्तरगत वडा नम्बर १ का ५० जना महिलाहरुलाई, वडा नम्बर ३ का ४१ जना र वडा नम्बर ४ का ४० जना महिलाहरुलाई बितरण गरेको समेत उपाध्यक्ष रोकायाले बताईन् ।
अति बिपन्न, आर्थिक अवस्था कमजोर भएका, एकल, दलित महिलाहरुलाई बितरण गर्ने गरेको कार्यक्रममा पालिकाका अन्य बितरण गर्न बाकी रहेका सबै वडाका महिलाहरुलाई बितरण गरिने कार्यक्रम रहेको समेत उपाध्याक्ष रोकायाले बताईन् । न्यानो कपडा सम्बन्धीत वडा कार्यालयमा गएर बितरण गर्ने गरेको छ ।