Sujang

अन्तरजिल्ला स्तरीय असल अभ्यासको आदान प्रदान

गणेश मौनी,भाद्र २५, डोटी-जिल्लामा गरेका असल अभ्यासहरुको आदान प्रदान गर्दै अन्तरजिल्ला स्तरीय सुरक्षा तथा सम्मन्वय बैठक बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा शुक्रबार सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखहरुको सहभागितामा सम्पन्न समन्वय बैठमा जिल्लाले गरेका असल अभ्यासको आदान प्रदान गर्नुका साथै सबै जिल्लाका साझा सवालहरुको बारेमा ब्यापक छलफल गरी बैठक सम्पन्न भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।
बैठकमा सबै जिल्लाको साझा सवाल राजमार्ग संचालन, अन्तरजिल्ला स्तरीय शान्ति सुरक्षा ब्यवस्थापन, ट्राफिक ब्यवस्थापन, विपत ब्यवस्थापन, लागुऔषध नियन्त्रण, आसन्न निर्बाचनलाइ सहयोग लगाएका विषय बस्तुको बारेमा छलफल गरिएको समेत प्रजिअ श्रेष्ठले बताईन् ।
समन्वय बैठकले एक अर्को जिल्ला बिचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग मिलेको डडेलधुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । बैठकमा चाडबाडको समयमा शान्ति सुरक्षालाई ब्यवस्थीत गर्ने, सिमा नाकामा हुने घटनाहरुको बारेमा समन्वय गर्ने, चोरी तस्करी नियन्त्रण गर्ने लगाएतका विषय बस्तुको बारेमा समेत छलफल भएको प्रजिअ जोशीले बताए ।
सुदुरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मुख्य सचिब नारायण प्रसाद ढवाडीको प्रमुख आथित्यमा सम्पन्न भएको बैठकमा सुदुरपश्चिम आन्तरीक मामीला तथा कानुन मन्त्रालयका सचिब कमल बहादुर ढकाल, सुदुरपश्चिमका पहाडी जिल्ला डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका सुरक्षा निकाए प्रमुखको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय बझाङले आयोजना गरेको समन्वय बैठमा वित्थडचिर गाउँपालिका बझाङले ब्यवस्थापनमा सहयोग गरेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.